सुर्नयामा बिदाको दिन कार्यालयको सवारी साधन प्रयोगमा रोक

बैतडी: बैतडीको सुर्नया गाउँपालिकाले बिदाको दिनमा कार्यालयको सवारी साधन प्रयोगमा रोक लगाएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले प्रयोग गरिरहेका कार्यालयको नाममा रहेका सवारी साधन बिदा दिन व्यक्तिगत प्रयोजनका लागि प्रयोग नगर्न भनेको हो ।

अत्यावश्यक सेवामा प्रयोग हुने , सरसफाइमा प्रयोग हुने र प्रहरीको ड्युटीमा प्रयोग हुने सवारी साधन बाहेक अन्य सवारी साधनलाई बिदाको दिनमा प्रयोग गर्न रोक लगाएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरद्वारा हस्ताक्षरित सूचनामा कसैले बिदाका दिनमा कार्यालयका सवारी साधन सञ्चालन गरेको पाइएमा कानुन अनुसार कारवाही हुने र सो को जिम्मेवार सम्बन्धित व्यक्ति हुने उल्लेख गरिएको छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!