सुर्नयामा स्वास्थ्यको वार्षिक समिक्षाः भौनेली स्वास्थ्य चौकी प्रथम

सुरेश महरा/बैतडी: बैतडीको सुर्नया गाउँपालिकाको स्वास्थ्यसम्बन्धि वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा गाउँपालिकाले स्वास्थ्यसम्बन्धि आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित गतिविधिबारे समिक्षा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर महराले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न समिक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रका समस्या र चुनौती,सबल पक्ष, स्वास्थ्य संस्थाबाट भएका नवीनतम क्रियाकपलापहरुको जानकारी गराइएको थियो ।
गोष्ठीको अवसरमा न्युनतम सेवा मापदण्ड पुरा गर्ने स्वास्थ्य संस्थाहरुलाई कदरपत्र सहित सम्मान समेत गरेको छ ।

गाउँपालिकाले गरेको मूल्यांकनमा न्युनतम सेवा मापदण्डमा भौनेली स्वास्थ्य चौकी प्रथम,शिखरपुर स्वास्थ्य चौकी दोस्रो र बाशुलिंग स्वास्थ्य चौकी तेस्रो भएको छ ।

समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर,प्रमुख प्रशासकीय अधिकृत बसन्त धानुक,स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर हरिश भट्ट, गाउँपालिका प्रवक्ता प्रताप महरा,वडा नम्बर ५ अध्यक्ष केशब बिष्ट, वडा नम्बर २ अध्यक्ष गणेश बिष्ट, वडा नम्बर ३ वडा अध्यक्ष सम्भु प्रशाद भट्ट,जनप्रतिनिधि,स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्य चौकी इञ्चार्जलगायतको उपस्थिती रहेको थियो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!