सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’पर्व मनाइँदै

बैतडी: बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज बुढी पोल्ने पर्व धुमधामसंग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिएकाे संस्कृतिका जानकार जयानन्द भट्टले बताउनुभयाे ।

sadak

एक महिना अगाडी (भाद्र संक्रान्तिका) दिन गाडिएको बुढीलाई आज बेलुकी पोल्ने पौराणिक प्रचलन रहेको छ ।
द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरेको छ ।
पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।

भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज बेलुकी पोल्ने र सोही ठाउँमा काक्रा खाँदै लुतो फाल्ने प्रचलन समेत रही आएको छ ।
भाद्र संक्रान्तिका गाडिएको बुढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने जनविश्वास समेत रहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!