बैतडी:बैतडीमा पहिलाेपटक भाेलिदेखि टी-१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता हुदैछ।
दशरथचन्द नगरपालिका २ देहिमाडाैंमा रहेकाे निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयाेजनामा हुने प्रतियोगिताकाे खेलतालिका सार्वजनिक गरिएको छ।
निङ्लाशैनी खेल मैदान,देहिमाडाैंमा सञ्चालन हुने प्रतियोगितामा ११ टाेलीकाे सहभागीता रहने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बाेहराले जानकारी दिनुभयो ।
सहभागी टाेलीलाई ४ समूहमा विभाजन गरिएकाे छ।
उद्घाटन खेलमा भाेलि बिहान साढे ७ बजे आयाेजक टिम र निङलाशैनी वारियर भिड्नेछन् ।
प्रतियोगिताकाे विजेता र उपविजेता टाेलीले खसी,ट्रफी र प्रमाणपत्र पाउने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका सचिव राेशन बाेहराले बताउनुभयाे।
यस्तै म्यान अफ द सिरिजलाई २.५ कुखुराको मासु र ट्रफी, बेस्ट बलर र बेस्ट ब्याटरलाई १.५ कुखुराको मासु र ट्रफी पुरस्कार राखिएको छ। यसका साथै म्यान अफ दी म्याच,ह्याट्रिक,शतक, सर्वाधिक चाैका र छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
टी-१० फरम्याट खेल सञ्चालन हुने र आइसिसि,एलपीसि नियम लागू हुने आयाेजकले जनाएको छ।
सहभागी हुने टाेलीमा २ जना २५ वर्षदेखि ३० वर्षसम्म र बाँकी खेलाडी ३० वर्षमाथिका हुनुपर्नेछ।
२५ देखि ३० वर्षका दुई खेलाडीमध्ये १ खेलाडीलाई अनिवार्य रूपमा इम्प्याक्ट खेलाडीका रूपमा मैदान उतार्नुपर्ने प्रतियाेगिताका सहसंरक्षक चक्र बाेहराले बताउनुभयो ।
प्रतियोगिताले बैतडीमा क्रिकेट विकास हुने आयाेजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीकाे विश्वास रहेकाे छ।
