सिगासकी बेलमतीकाे हत्यापछि पाँच छाेराछाेरी विचल्लीमा,सहयाेग अभियान जारी

सुरेश महरा/बैतडी:बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ बर्षीया बेलमती धामीको हत्या भएपछि उहाँका पाँच छाेराेछाेरीकाे विचल्ली भएको छ । 

भदौ २२ गते रातिको समयमा बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकी बेलमती धामीको हत्या गरेका थिए । चार बर्ष अघि जण्डिस रोगबाट श्रीमान गुमाएकी बेलमती समेत नरहेपछि पाँच छोराछोरीको विचल्ली भएको हो । 

आमा–बुवा दुवै गुमाएका बालबालिकाहरुको घरमा कोही पनि अभिभावक नरहेको मृतक बेलमतीका भाइ केशव बिष्टले बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘दीदीको मृत्यु भएपछि बालबालिकाहरुको विचल्ली भएको छ । घरमा रेखदेख गर्ने मान्छे कोही पनि छैन् । निकै समस्या भएको छ’

घरको साहरा ढलेपछि अहिले बालबालिकाहरुलाई सम्हालिन निकै समस्या भएको स्थानीय सूर्यबहादुर बोहराले बताउनुभयाे ।
उहाँले भन्नुभयाे,” पीडित बालबालिकाहरुका लागि सहयोग अभियान सञ्चालन गरिएको छ । अभियानमार्फत संकलित रकम बालबालिकाहरुलाई प्रदान गरिनेछ ।”

बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ । बेलमतीको परिवारमा निकै समस्या रहेको वडाध्यक्ष ठगेन्द्रसिंह ऐरले बताउनुभयो ।

यता बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले हत्यामा संलग्न यज्ञसिंह पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको बताउनुभयाे।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!