भारत र पाकिस्तानबीचको भीडन्त आज

काठमाडौं: एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्नेछन् । समूह ए अन्तरगतकाे याे खेल नेपाली समयअनुसार राति सवा ८ बजे दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुनेछ ।

मे महिनामा भएको भारत-पाकिस्तान सैन्य कारबाहीपछि यी दुई टोली क्रिकेट मैदानमा पहिलोपटक भिड्न लागेका हुन् । भारतले पाकिस्तानविरुद्ध अपरेसन सिन्दुर चलाएपछि भारत र पाकिस्तानबीच अन्य सम्बन्ध तोडिए पनि भारतमा विरोधका बीच उनीहरू क्रिकेट मैदानमा भने एकआपसमा खेल्ने भएका हुन् ।

भारत-पाकिस्तानबीचको क्रिकेट हेर्न समर्थकहरू मात्र नभई, राजनीतिज्ञ, उद्योगी, क्रिकेट अधिकारीहरूका आँखा व्यग्र प्रतीक्षामा छन् । 

चिरप्रतिद्वन्द्वी भारत-पाकिस्तानबीचको खेल एउटा यस्तो प्रतिस्पर्धा हो, जसमा खेलको रोमाञ्च, व्यापार र राजनीतिसँगै प्रतिद्वन्द्वी सम्बन्ध रहेका दुई दक्षिण एसियाली देशहरूको कूटनीति पनि गाँसिएको छ ।
दुई देशबीचको चरम राजनीतिक समस्याका कारण सन् २०११ पछि भारत र पाकिस्तानले मैत्रिपूर्ण क्रिकेट खेलेका छैनन् । 
याे खेल हेर्नलायक हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!