क्रिकेट खेलाडीलाई टाउन सेन्टर फिटनेसले निःशुल्क जीम गराउने

बैतडी:क्रिकेट खेलाडीलाई टाउन सेन्टर फिटनेसले निःशुल्क शारीरिक सुगठन (जीम) गराउने भएको छ। निःशुल्क जीम गराउनका लागि धनगढीमा रहेकाे टाउन सेन्टर फिटनेस र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघबीच सम्झाैता भएकाे हाे।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्ट र टाउन सेन्टर फिटनेसका निर्देशक बाल कुमारी खड्काबीच जीमका गराउनका लागि चार वर्ष अर्थात २०८५ वैशाख २७ गतेसम्म सम्झाैतापत्रमा हस्ताक्षर भएकाे छ।
सम्झौता पत्रमा टाउन सेन्टर फिटनेसले खेलाडीसंगै,प्रशिक्षक,प्राविधिक,क्रिकेट संघ कार्यसमितिलाई जीम गराउन व्यवस्थापन गर्ने तथा प्रायाेजककाे रूपमा जिम्मेवारी बहन गर्नेछ।

याे सम्झौताले खेलाडी फिट रहन सहयाेग मिल्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!