यू-१९ सुदूरपश्चिम छनाैट: हेमन्त चम्किदा कञ्चनपुरकाे दाेस्राे जित,अछाम बाहिरियाे

बैतडी:वाई वाई यू १९  एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा समूह बी काे चाैथाे खेलमा कञ्चनपुर विजयी भएकाे छ।
कञ्चनपुरले लगातार दाेस्राे जित दर्ता गर्ने क्रममा अछामलाई ९१ रनले हरायाे। यसअघि पहिलाे खेलमा
कञ्चनपुरले बझाङलाई ४ विकेटले पराजित गरेकाे थियाे।
जितका लागि पाएकाे १२६ रनकाे लक्ष्य पछ्याएकाे अछाम ९.१ ओभरमा ३४ रनमा समेटियो । उसका युवराज खत्रीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन्।
अछामकाे पारी ध्वस्त पार्ने क्रममा कञ्चनपुरका कप्तान हेमन्त धामीले ५ विकेट हात पारे। म्यान अफ द म्याच समेच चुनिएका हेमन्तले ४ ओभरमा १ मेडल राख्दै १३ रन मात्रै खर्चेर ५ विकेट हात पारेका हुन्। यस्तै अभिषेश थापाले ३ विकेट लिए ।

यसअघि परशुराम रंग मैदानमा पहिला ब्याटिङ गरेकाे कञ्चनपुर ३५.१ ओभरमा १२५ रनमा समेटियो । जसमा राहुल चन्दले सर्वाधिक २२ रन हिर्काए।
अछामका युवराज खत्री,खगेन्द्र कुँवर र रविन भण्डारीले २/२ विकेट हात पारे।

याे दाेस्राे जितसंगै कञ्चनपुर ४ अंकका साथ शिर्ष स्थानमा उक्लिएकाे छ। । अछाम भने दाेस्राे हारसंगै प्रतियाेगिताबाट बाहिरिएको छ।

प्रतियोगिता अन्तरगत भाेलि कैलाली र बझाङ भिड्ने स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयो ।

समूह बी बाट शिर्ष स्थानमा पुग्ने टाेली फाइनलमा बैतडीसंग भिड्नेछ।

समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेकाे  छ ।
जेठ २० गतेदेखि शुरु  प्रतियोगितामा  क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे । 
सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे।

दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो। 
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीका अनुसार प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!