नेपाल चौथौ खेलमा आज हुरिकेन्ससँग भिड्दै

काठमाडौं : अस्ट्रेलियामा जारी टप इण्ड टी–२० सिरिजको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ।  खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ। 

तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।  त्यसअघि बङ्गलादेश ‘ए’ र आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग नेपाल पराजित भइसकेको छ। ११ टोली सहभागी प्रतियोगितामा ११ वटा टोली छन्। 

हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन्।प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ। 

अस्ट्रेलियामा टप इण्ड टी–२० सिरिजपछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ।  आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपाल अष्ट्रेलिया गएको हो। 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!