अनमी मृत फेला

बैतडी:बैतडीकाे  एक  स्वास्थ्यचाैकीमा कार्यरत  अनमी मृत फेला परेकी छन् ।
मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन।

बस्ने कोठामा आइतबार राति ८ बजेतिर  विष्ट झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी   कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले बताउनुभयाे ।

पुर्चाैडी १० चाैमाला घर भएकी मृतक विष्टका श्रीमान नेपाली सेनामा कार्यरत रहेका र गत वैशाखमा मात्रै  उनिहरुकाे विवाह भएकाे थियाे ।
अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!