तेर्छालेकमा पहिराे: महाकाली राजमार्ग अवरुद्ध

दार्चुला:सडकमाथिबाट खसेकाे पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएकाे छ।
राजमार्ग अन्तरगत दार्चुलाकाे सदरमुकाम खलंगा-गाेकुलेश्वर सडकखण्डको तेर्छालेक रनेबास क्षेत्रमा आइतबार राति पहिराे खस्दा राजमार्ग अवरुद्ध भएकाे हाे।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा राेकिएकाे दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो।

राजमार्ग अवरुद्घ हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन बीचबाटाेमै राेकिदा यात्रु अलपत्र परेका छन्।

अवरुद्ध सडक खुलाउन गोकुलेश्वरबाट जेसिबी आएको भएपनि सडकमाथीबाट निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!