बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेशकाे लहर भारतमा पनि चलेकाे छ। राेजगारीकाे सिलसिलामा भारतका विभिन्न ठाउँमा रहेकाे नेपालीहरू रास्वपा प्रवेश गरिरहेका हुन्।
आज मात्रै बैतडीको सुर्नया गाउँपालिका २ ग्वानि घर भइ भारतकाे हैदराबादमा राेजगारी गरिरहेका समाजसेवी विनाेद सिंह विष्टसहित ६० जना रास्वपा प्रवेश गरेका रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी क्वालिटीले जानकारी दिनुभयाे।
हैदराबादमा एक कार्यक्रमकाे आयाेजना गरेर रास्वपा कार्यवहाक सभापती डोलप्रसाद अर्याल (डिपी) अर्याल, प्रमुख सचेतक सन्तोष परियार,कोषाध्यक्ष लिमा अधिकारी लगायतले विष्टसहित नवप्रवेशीलाई स्वागत गर्नुभयाे ।
रास्वपा प्रवेशकाे लहर नै चलेकाेले नवप्रवेशी युवाहरूलाई उचित स्थान दिइने जनाएको छ।
विष्टले समाज परिवर्तनका लागि रास्वपा प्रवेश गरेकाे बताउनुभएकाे छ। उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ।”आज रा स्वा पा लागियो।
मेरो समाजप्रतिकाे उत्तरदायित्व पुरानै रहनेछ।
मैले केहि परिवर्तन गर्छु।र समाज लाइ केहि गरेर देखाउनु छ।भनेर पार्टीमा लागेको हु।
पार्टी सबै भाइ हुन।
रा स्व पा सबैभन्दा कान्छो भाइ हो।
कहिले काहि कान्छो भाइले पनि घरको समस्या हल गर्छ।
रा स्वा पा ले देशको गाउँ समाजको समस्या हल गर्छ।
सबैले पार्टी फेर्नु पर्छ। भनेर कर छैन।आफ्नो इच्छा हो।
एक चोटी मत फेरौ।”
रास्वपाले भारतका विभिन्न स्थानमा राज्य भेला गरेर प्रवासमा रहेका नेपालीहरुलाई पार्टीमा प्रवेश गराइरहेको छ।
रास्वपाले मिसन ८४ लाई लक्षित गर्दै देश तथा विदेशमा संगठन बिस्तारको काम तिव्र पारेको छ ।

