अष्ट्रेलियामा टप एण्ड टी-२० सिरिज: नेपालकाे खेल आज

काठमाडौं: अष्ट्रेलियामा बिहीबारदेखि टप एण्ड टी-२० सिरिज सुरू भएकाे छ।
पहिलाे दिन बंगलादेश ‘ए’ लाई हराएर पाकिस्तान शाहीन्सले शानदार सुरुवात गरेको छ ।
नेपालकाे खेल भने आज रहेकाे छ।
दिउँसो २:१५ बजे हुने खेलमा नेपालले टिम नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्दैछ।
यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

सिरिजमा नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेनसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोलीले सहभागिता जनाएका छन्।

नकआउट चरणअघिको लिग चरणमा नेपालले नर्दन टेरिटोरी स्ट्राइक, बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

लिग चरणमा शीर्ष ४ हुने टिमबाट सेमिफाइनल खेलिनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । नेपाल फाइनलसम्म पुगेको अवस्थामा कुल ८ खेल खेल्नेछ ।

नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि खेल्न लागेको हो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!