बैतडी: नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेशकाे अध्यक्षमा हरेन्द्र विष्ट निर्विराेध चयन हुनुभएकाे छ।
महासंघकाे प्रथम अधिवेशनले विष्टको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित भएको हाे ।
अधिवेशनले अध्यक्षमा विष्टसंगै उपाध्यक्षमा जन्मजय तिमिल्सेना, महिला उपाध्यक्षमा इन्द्रा बाेहरा , सचिवमा खगेन्द्र ओझा , सह सचिवमा फकिर बहादुर रोकाया चयन हुनुभएको छ।
यस्तै सदस्यहरुमा जय बहादुर कुँवर , झगडी कामी, गोपी प्रसाद खनाल, अम्मरराज साउँद , अरुण खडायत, कृष्णा ओझा , नवराज बुढा , सुरत बहादुर साउँद , भावना खडका, जोवहिलाल डगौरा , ठिका क्षेत्री, तेज बहादुर बम , जंगबिर विष्ट, प्रेम कट्टेल, दशरथ चौधरी , बिक्रम चाैधरी , गीता रावल, दीपा बोहरा,कृष्णा घर्ति र निर्मला अवस्थी चयन हुनुभएको छ।
निर्वाचित समितिले किसानकाे हकहितमा काम गर्ने जनाएको छ।
