बैतडी: बर्षासंगै खसेकाे पहिराले अवरुद्घ जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेकाे छ।
राजमार्गकाे खाेडपे-बझाङ सडकखण्ड अन्तरगत बैतडीको सुर्नया गाउँपालिका- ७ भन्ज्याङमा पहिराे खस्दा गएराति ९ बजेदेखि अवरुद्ध भएकाे थियाे ।
सडकमा खसेकाे पहिराे जेसिबीले पन्छाएपछि बिहान १० बजेदेखि राजमार्ग सुचारू भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
लगातारकाे वर्षाले पहिराे पन्छाउन ढिलाइ भएको हाे।
राजमार्ग अवरुद्ध हुँदा ठप्प रहेकाे सवारी आवागमन सञ्चालन भएकाे छ।
सवारी आवागमन सञ्चालन भएसंगै बीचबाटाेमै अलपत्र यात्रुहरू आ आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ।
पहिराेका कारण याे राजमार्ग बेलाबेलामा अवरुद्ध हुँदै आएकाे छ।
यसअघि साउन २१ गते रमिलापुरमा र साउन २० गते झ्याउलेकमा पहिराे खस्दा राजमार्ग अवरुद्ध बनेकाे थियाे।
