बैतडी: जिल्लाको शिवनाथ गाउँपालिकामा भोलि (बिहीबार) देखि राष्ट्रिय परिचयपत्रकाे विवरण संकलनका लागि दर्ता शिविर सञ्चालन हुने भएकाे छ।
गाउँपालिकाकामा दर्ता शिविर सञ्चालन गरेर
परिचयपत्रकाे विवरण संकलनकाे काम हुने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयाे।
जिल्ला प्रशासन कार्यालय बैतडीको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा दर्ता कार्यक्रम सुरु हुन लागेको हो ।
बुधबार प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेल र गाउँपालिका अध्यक्ष साउँदले एक कार्यक्रमकाबीच शिविरकाे उद्घाटन गर्नुभयो ।
दर्ता शिविर भने बिहीबारदेखि सुरू हुनेछ।
गाउँपालिका कार्यालय सुल्लेखानमा बिहीबारदेखि शुरू शिविर भदाै २४ गते सम्पन्न हुनेछ।
पछिल्लो समय सामाजिक सुरक्षा भत्ता नविकरण र बैंकमा खाता खोल्नको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि पालिकाले सबैको सहजताको लागी वडास्तरमै शिविर सञ्चालन गरिन लागिएकाे अध्यक्ष साउँदले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र बनाउन छुटेका एकल महिला, वृद्धवृद्धा, अपांग र अन्य आवेदन भरेर पनि इस्सु नभएका सबैलाई आ आफ्नो तोकिएको मितिमा विवरण भर्न गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले आग्रह गर्नुभयाे ।
आवेदन दर्ता गर्नेले नागरिकताको सक्कल प्रति, विवाहितको हकमा विवाह दर्ता वा श्रीमतीको नागरिकतामा श्रीमानको नाम उल्लेख भएको, श्रीमान वा श्रीमतीको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाण पत्रको सक्कल प्रती लिएर आउनु पर्ने छ ।
दुर्गमबाट सदरमुकाम पुग्न असहज हुने भएकोले जिल्लाका सबै पालिकाहरूमा शिविरको आयाेजना गर्न लागिएको प्रजिअ पाैडेलले बताउनुभयो ।

