काठमाडौं:चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ।
सपना म्युजिक इन्डस्ट्रिजबाट बुधबार बिहान ‘म त नराउरी’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो।
यो गीत ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको हो।
तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ।
विष्णुको यस वर्षको तीज गीतमा पनि उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ।
भिडिओमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्। भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ।
याे गीत सार्वजनिक भएकाे १ घण्टामै १० हजार जनाले हेरिसकेका छन्।
विष्णुका हरेक गीतहरू भाइरल हुने गरेका छन्।
