नेपाली क्रिकेट टाेली अष्ट्रेलिया पुग्याे,पहिलाे खेल साउन ३० गते

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया पुगेको छ।

नेपालले टी–२० विश्वकप छनोटको तयारीस्वरूप अगस्ट १४ देखि २४ सम्म डार्बिनमा टप एन्ड टी–२० सिरिज खेल्न लागेको हो। सोही सिरिजका लागि नेपाली टोली मंगलबार डार्बिन पुगेको हो। सिरिजमा पाकिस्तान शाहीन्स (‘ए’) र बंगलादेश ‘ए’ पनि छन्। 

नेपालले पहिलो खेल स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध खेल्ने छ। आयोजक नर्दर्न टेरिटोरी क्रिकेटका अनुसार यी दुईबीचको खेल अगस्ट १५ मा हुनेछ। नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’, १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग खेल्नेछ।  

प्रतियोगिता डिएक्सी एरिना, टिआइओ रंगशाला र काजालीको एरिनामा हुने तय छ।
यसैबीच प्रतियोगिताकाे प्रत्यक्ष प्रशारणकाे बारेमा पनि जानकारी दिइएको छ।

 यो सिरिजको प्रत्यक्ष प्रशारण अस्ट्रेलियाको सेभेन प्लस स्पोर्टमार्फत हुने भएको छ। सेभेन प्लस ले सेमिफाइनल र फाइनलसहित १३ वटा खेल प्रत्यक्ष देखाउनेछ। त्यस्तै, क्रिकेट अस्ट्रेलियाको युट्युब च्यानलमार्फत पनि सबै खेल विश्वभरका दर्शकले हेर्न सक्नेछन्। 

अस्ट्रेलियाबाहेक अन्य मुलुकका दर्शकले फरक–फरक अन्तर्राष्ट्रिय प्रसारण साझेदारमार्फत खेल हेर्न पाउनेछन्
नेपालमा कान्तिपुर म्याक्सबाट प्रत्यक्ष हेर्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!