पत्रकार विष्ट युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने

बैतडी: बैतडीका पत्रकार विनाेद सिंह विष्टलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएकाे छ। युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने उक्त पुरस्कारको राशी ५० हजार रूपैयाँ रहेकाे छ। 

राष्ट्रिय समाचार समिति बैतडीका समाचारदाता  विष्टलाई मन्त्रालयले असार पहिलाे हप्ता सिंहदरबारमै नगद पुरस्कारसहित सम्मान गर्नेछ।

मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवश्यक कागजपत्रसहित आवेदन  आह्वान गरेकाे थियाे। देशभरबाट आएका आवेदनमध्ये मन्त्रालयले गरेकाे मूल्यांकनकाे आधारका विष्ट पुरस्कारको लागि सिफारिस भएका हुन्। 

पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहनुभएका विष्टले उक्त पुरस्कार पाउने भएपछि  खुसी व्यक्त गर्दै पुरस्कारले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बनाउनुका साथै  पेसामै रहिरहन उर्जा मिलेकाे बताउनुभयो । 

 बैतडीको दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल रहनुभएकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!