काठमाडौं: सुनको मूल्य दुईलाख नजिक पुगेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँ पुगेको हाे । याे हालसम्मकै उच्च मूल्य समेत हाे ।
बिहीबार प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
यस्तै चाँदीको मूल्य वृद्धि भएर प्रतितोला दुई हजार ३२५ पुगेको महासंघले जनाएको छ ।
