फरार प्रतिवादी पक्राउ

बैतडी:बैतडीमा चेकअनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाकाे  दोगडाकेदार गाउँपालिका वडा नं ४ कपिण्डाका  ५३  वर्षिय केशब राज भट्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे ।

जिल्ला प्रहरी कार्यालय बैतडीले चेक अनादर  मुद्दाका फरार प्रतिवादी भट्टलाई घरबाटै पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार जिल्ला अदालतकाे २०८१ असाेज ७ गतेको फैसलाले चेक अनादर   मुद्दामा ३००० (तीन हजार) जरिवाना तोकेकाे थियाे ।

फरार रहेका प्रतिवादीलाई  जरिवाना असुल उपरका लागि बैतडी जिल्ला अदालतमा पेश गरिएको समेत प्रहरीले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!