बैतडी कांग्रेसको वडा-वडामा प्रशिक्षण कार्यक्रम

बैतडी: नेपाली कांग्रेसले बैतडीका वडा–वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाबाट वडास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य केशवराज जोशीले बताउनुभयो ।

जिल्लाभरी प्रशिक्षण अभियान सञ्चालन गर्ने योजना अनुसार दोगडाकेदारमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिन लागेको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

दोगडाकेदारका दुईवटा वडामा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छन् ।

गाउँपालिकाको वडा नं २ को बडिया कमलपुर र वडा नं ८ कटौजपानीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिकाका सभापति नन्दराज भट्टले बताउनुभयो ।

प्रशिक्षणमा नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रशिक्षण संयोजक बिरबहादुर बिष्टको सहभागिता छ । दोगडाकेदारका आठओटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

नेपाली कांग्रेसको नीति, विधि, विधान र संगठन विस्तारका बिषयमा प्रशिक्षण कार्यक्रममा छलफल हुने गरेको उपसभापति बिष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुलाई स्थानीयस्तरदेखि नै प्रशिक्षित गराउन वडास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हौं । प्रशिक्षण कार्यक्रमलाई जिल्लाभरी विस्तार गर्ने पार्टीको योजना छ । ”

प्रशिक्षण कार्यक्रमले पार्टी एकढिक्का,सुदृढीकरण र संगठन बिस्तारमा सहयोग पुग्ने समेत विश्वास गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!