सडक छेउमा एक पुरुष मृत फेला

बैतडी: गाेकुलेश्वर-गन्ना सडकखण्डमा बैतडीका एक पुरुष मृत फेला परेका छन् । 

मृत फेला पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका–३ बगडी घर भएका अन्दाजी ४६ बर्षीय रघुबीर बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो । 

घर नजिकै रहेकाे उक्त सडकखण्डमा बाेहरा मृत फेला परेका हुन् । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । 

बाेहराकाे के कसरी मृत्यु भयाे भन्नेबारे खुल्न नसकेकाे र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!