बैतडी: बैतडी जिल्ला एथ्लेटिक्स संघको अध्यक्षमा महेन्द्र भण्डारी चयन हुनुभएकाे छ।
सदरमुकाममा सम्पन्न संघको दोस्रो साधारण सभाबाट
भण्डारीकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जाेशीले जानकारी दिनुभयाे।
संघकाे उपाध्यक्षमा मदन नाथ,सचिवमा नवीन कपाडी, काेषाध्यक्षमा दिपक चुनारा रहेका छन्।
यस्तै सदस्यहरूमा किशोर सिंह नेगी,पदम रोकाया,उत्तम बोहरा ,सुजल भट्ट,कस्तुरी नायक,गिता नेगी र निर्मला मङोला चयन हुनुभएको छ।
४ वर्षका लागि चयन भएकाे नवनिर्वाचित कार्यसमितिले एथलेटिक्स खेलसम्बन्धि गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।
