दार्चुलाका खत्री बैतडीमा मृत फेला

बैतडी: बैतडीका एकजना मृत अवस्थामा भेट्टिएका छन्। मृत भेट्टिनेमा दार्चुलाको लेकम गाउँपालिका १ बित्थडका ५० वर्षीय तिखुरे खत्री बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । 

बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ६ बांगाबगरमा सडकबाट अन्दाजी २० मिटर तल खाल्डोमा घोप्टो परेको अवस्थामा तिखुरेको शव शुक्रबार बेलुका बजेतिर फेला परेको हो । 
उनकाे के कति कारणले मृत्यु भयाे भन्नेबारे खुल्न बाँकी छ।
घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!