नबिल बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड

काठमाडौं: नबिल बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट
नबिल बैंक सम्मानित भएकाे हाे।

आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको जनाएको छ।

आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेको थियो। 

काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखापरिक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुनेछ।

बैंकले २६८ शाखा ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। 
 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!