नेपालले लगातार दाेस्राेपटक जित्याे  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले लगातार दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ।

सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो ।

सम्मेलनमा सहभागी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले आईसीसी अध्यक्ष जय शाहबाट अवार्ड ग्रहण गरे ।

नेपाली क्रिकेटप्रति सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा देखिएको संलग्नताका आधारमा अवार्ड दिइएको हो ।

नेपाली क्रिकेटलाई देशभित्र मात्र नभएर देशबाहिर पनि व्यापक समर्थन प्राप्त हुँदै आएको छ ।

नेपाल क्रिकेट संघले नेपाली समर्थकलाई धन्यवाद समेत दिएकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!