नेपाल पत्रकार महासंघकाे निर्वाचन अनिश्चित

काठमाडौं: नेपाल पत्रकार महासंघ २७ औं महाधिवेशनको निर्वाचन अनिश्चित भएकाे छ। आज जेठ २६ गते हुने भनिएको निर्वाचन सदस्यता विवादका कारण अनिश्चित बनेकाे हाे।

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले एक विज्ञप्तिमार्फत आजका लागि ताेकिएकाे निर्वाचन सम्भव नरहेकाे बताउनुभएको छ।

आजका लागि तोकिएको मितिमा मतदान नहुने भन्दै मतदाता नामावलीमा देखिएको विवाद समाधानका लागि प्रयास जारी रहेकाले आउँदो असार दोस्रो हप्ताभित्रै मतदान गर्नेगरी अध्यक्ष मण्डलसँग छलफल भइरहेको अध्यक्ष पाेखरेलले बताउनुभयाे।

यसका साथै निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एसोसिएट संस्था र प्रदेश समितिलाई यथाशीघ्र निर्वाचन समिति गठन गरेर निर्वाचन समितिलाई जानकारी गराउनका लागि आग्रह गर्नुभएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!