काठमाडौं: नरेन्द्र मोदी लगातार तेस्रो कार्यकालका लागि भारतकाे प्रधानमन्त्री बनेका छन्। माेदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री नियुक्त गर्नुभएको हाे।
शुक्रबार बसेको सत्तारुढ गठबन्धन एनडीएको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेपछि उहाँले नयाँ सरकार बनाउने दाबी राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियाे।
मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभएकाे हाे। उहाँ पहिलोपटक २०१४ त्यसपछि २०१९ मा प्रधानमन्त्री बन्नुभएकाे थियाे। भाजपा नेता मोदी सत्तारुढ गठबन्धन एनडीएले हालैसम्म लोकसभा चुनावमा बहुमत ल्याएपछि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभएकाे हाे।
५४३ सदस्यीय लोकसभामा एनडीएले २९२ सिट जितेको छ भने भाजपा एक्लैको २४० सिट छ। यसअघि मोदी एनडीएबाटै प्रधानमन्त्री बने पनि त्यतिबेला भाजपाको एकल बहुमत रहेकाे थियो।
