दाेगडाकेदारमा शिविरमार्फत राष्ट्रिय परिचयपत्र बनाइदै,जेष्ठ नागरिक खुसी

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण संकलनकाे काम सञ्चालन गरिएको छ।

गाउँपालिका कार्यालयमा असार २५ गतेदेखि सुरू भएकाे विवरण संकलनकाे काम साउन २० गतेसम्म सञ्चालन हुने भएको हाे।
हालसम्म एक सय ४३ जनाकाे विवरण संकलनकाे काम भएकाे रूजी अधिकारी तुलाराम भट्टले जानकारी दिनुभयाे।

जेष्ठ नागिरक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरकाे आयाेजना गरिएकाे दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताउनुभयो ।

यसअघि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन जानुपर्ने बाध्यता थियाे।

उहाँले भन्नुभयाे,” जिल्ला प्रशासन जान समस्या हुने जेष्ठ नागिरक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरकाे आयाेजना गरेका हाैं। दर्ता शिविरले गाउँपालिकामै सहजै रूपमा परिचयपत्र विवरणकाे काम भइरहेको छ।”

बैंक खाता खाेल्दा तथा सामाजिक सुरक्षा भत्ता बुझ्नकाे लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र हुनुपर्ने भनिएको छ।

धेरै लाभग्राहीकाे राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट बञ्चित हुने अवस्था आएपनि दाेगडाकेदार गाउँपालिकाले दर्ता शिविरको आयाेजना गरेकाे हाे ।

गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा स्थानीयबासिन्दा खुसी समेत भएका छन्।

हजारौं खर्च गरेर परिचयपत्रकै लागि सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका नागरिक गाउँपालिकामा परिचयपत्र बनाउन पाउँदा खुसी भएका हुन् ।

गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा खुसी लागेकाे स्थानीय फंके भाटले बताउनुभयो ।

उहाँले भन्नुभयाे,” परिचयपत्र बनाउनकै लागि सदरमुकाम जानुपर्ने बाध्यता थियाे,गाउँपालिकाले शिविर सञ्चालन हुँदा सदरमुकामकाे जानुपर्ने बाध्यता हटेकाे छ।”

शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेकाे भीड समेत बढ्न थालेकाे छ।
राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नागरिकलाई शिविरमा आएर परिचयपत्र बनाउन आग्रह गरिएको दाेगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयाे।

शिविरमा परिचयपत्र बनाउन जेष्ठ नागरिकलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जाेशीले जानकारी दिनुभयो ।

दुर्गमका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सदरमुकाम आउन झन्झट हुने भएकोले गाउँपालिकामै टाेली पठाएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेलले जानकारी दिनुभयाे।

उहाँले भन्नुभयाे,” सामाजिक सुरक्षा भत्ता बुझ्न,बैंक खाता खाेल्न लगायतका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य भनेकाे छ। त्यसका लागि धेरैकाे परिचयपत्र नहँदा समस्या देखिएकाे गुनासाे आएपछि गाउँपालिकामै टाेली पठाएर विवरण संकलनकाे काम थालेका हाैं।”

हाल जिल्लाकाे दाेगडाकेदार र पाटन नगरपालिकामा विवरण संकलनकाे काम भइरहेको छ ।

जिल्लाका अन्य स्थानीय तहहरूमा पनि स्टेसन स्थापना गरेर राष्ट्रिय परिचयपत्र विवरण संकलनकाे काम थालिने प्रजिअ पाैडेलले बताउनुभयाे।

उहाँले भन्नुभयाे,”हाल दाेगडाकेदार र पाटनमा विवरण संकलनकाे काम भइरहेकाे छ। पूर्वाधारकाे व्यवस्थापन र इन्टरनेटकाे व्यवस्था भएका अन्य पालिकामा पनि टाेली परिचालन गर्छाैं ।”

Oplus_131072

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!