बैतडी पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बैतडी:बैतडी जिल्लालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।
शुक्रबार गाेठलापानीमा एक औपचारिक कार्यक्रमका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित घाेषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो ।

घाेषणा समाराेह जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी,उपप्रमुख दमनबहादुर कुँवर,प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेल,स्वास्थ्य निर्देशनालय निर्देशक डाक्टर खगेन्द्रबहादुर बमलगायतको उपस्थिति रहेकाे थियोे ।
समाराेहमा स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको छ।

यहाँका १० वटै स्थानीय तह  पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेकाले जिल्लालाई नै घोषणा गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिनुभयो ।

पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा लागि शून्य देखि १५ र १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको हुनुपर्दछ ।
बैतडीमा शून्यदेखि १५ महिनासम्मका ४ हजार ३ सय ३१ र १६ देखि ५९ महिनासम्मका १३ हजार १४८ बालबालिकाले खाेप पाइसकेपछि जिल्लालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हाे।

स्वास्थ्य चौकीहरुबाट खोप लगाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले प्रमाणीकरण सहित पालिकालाई सिफारीस गर्ने गर्दछ । नगर प्रमुख तथा गाउँपालिका अध्यक्षको नेत्तृत्वमा रहेको पालिकास्तरीय खोप समन्वय समितिले पनि प्रमाणिकरण गरेपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ ।  

पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रमाणिकरण सहितको सिफारिस गर्दछ । त्यसपछि पालिकाले गरेको पूर्ण खोप सुनिश्चिततालाई प्रमाणिकरण गर्न स्वास्थ्य कार्यालयले घरधुरी सर्वेक्षण गर्दछ । त्यसपछि मात्रै जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ ।
घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुटेका पाइएमा उनीहरुलाई पनि खोप तालिकाअनुसार खोप दिइएपछि घोषणा सबै पालिकालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका हुन् ।
पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण प्रतिवेदन सबै पालिकाहरुले जिल्ला खोप समन्वय समितिलाई पठाइसकेको र जिल्लाले प्रदेशलाई पठाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको प्रमाणीकरण भइसककेपछि जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।

वि.सं. २०७२ साल असार ६ गते  बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!