यू-१९ सुदूरपश्चिम छनाैट: डडेल्धुराले डाेटीलाई हरायाे,दुबै टाेली बाहिरिए

बैतडी: वाई वाई यू १९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम छनाैटमा समूह ए का लिग चरणका सबै खेल सम्पन्न भएका छन्। उक्त समूहकाे अन्तिम खेलमा आज डडेल्धुराले डाेटीलाई ३ विकेटले पराजित गर्याे।

जितका लागि पाएकाे १५० रनकाे लक्ष्य डडेल्धुराले ३६ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायाे। जसमा कृष्ण भट्टले सर्वाधिक ३८ रनकाे याेगदान गरे।
डाेटीका आयुस द्वारियाले २ विकेट लिए।
त्यसअघि परशुराम नगरपालिका १२ स्थित जाेगबुढा रंग मैदानमा पहिला ब्याटिङ गरेकाे डाेटी २९.५ ओभरमा १४९ रनमा अलआउट भयाे। उसका आयुस द्वारिया र याेगेश सुतारले समान ५२/५२ रन जाेडे ।
डडेल्धुराका कैलाश ऐरले ५ विकेट झारे ।
कैलाश खेलका म्यान अफ द म्याच समेत चुनिए ।

डडेल्धुरा र डाेटी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन्।
समूह ए बाट बैतडी शतप्रतिशत नतिजा तथा लिग चरणका सबै तीन खेल जितेर फाइनलमा पुगिसकेकाे स्काेरर लाेकेश जाेशीले जानकारी दिनुभयो ।

फाइनल पुगेकाे बैतडीले उपाधिका लागि समूह बी काे शिर्ष टाेलीसंग भिड्नेछ।
समूह बी का खेल भाेलिदेखि हुँदैछन्।
भाेलिकाे खेलमा अछाम र बझाङ भिड्नेछन् ।

जेठ २० गतेदेखि शुरु प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाकाे सहभागिता रहेकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे ।

सहभागी ८ टाेलीलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन भइरहेको हाे।
दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टाेलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष तथा प्रतियोगिता संयाेजक रमेश बाेहराले बताउनुभयो।

प्रदेशस्तरीय छनाैटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टाेली घाेषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनाैटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!