बैतडीका तीन कृषक भीमदत्त उत्कृष्ट पुरस्कारबाट सम्मानित

बैतडी: बैतडीका तीन जना किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ।

कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका तीन जना किसानहरुलाई जिल्लास्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयाे ।

पुरुस्कृत तिनै जनालाई जनही २५ हजार रुपियाँ पुरस्कारसहित सम्मानपत्र र दोसल्लाले सम्मानले सम्मान गरिएको बताइएको छ ।

पशुपन्छी तर्फ कुखुरा पालन व्यवसाय गर्दै आएका पाटन नगरपालिका वडा नम्बर १०  मदनराज भट्ट, कृषितर्फ मौरीपालन व्यवसाय गर्दै आएका दशरथचन्द नगरपालिका वडा नम्बर ५ का सुदर्शन प्रसाद लेखक र तरकारी खेती गर्दै आएका दशरथचन्द वडा नम्बर ४ का ममता टोक्टरे माललाई सम्मान गरिएको हाे।

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार उनीहरुलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएकाले किसानहरुलाई पुरस्कृत गर्दा अरु व्याक्तीमा पनि कृषि तथा पशुपालन तर्फ आर्कषण बढ्ने अपेक्षा गरिएको छ ।

भीमदत्त उत्कृष्ट कृषक पुरस्कार सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको छ । उत्कृष्ट किसानको रुपमा सम्मानीत हुदा कृषि तथा पशुपालन पेसामा लाग्न आफुहरुलाई थप हौसला बढेको बन्दै कृषक खुसी भएका छन्।

सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेल,जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति रहेकाे थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!