दाेगडाकेदारका रणबहादुरकाे फाेक्साेमा जटिल समस्या,सहयाेगकाे अपिल

बैतडी:बैतडी जिल्ला दाेगडाकेदार गाउँपालिका-२, ढिकगाड बस्ने वर्ष ४४ का रणबहादुर कुँवर फाेक्साे प्रत्यारोपण गर्नुपर्ने जटिल स्वास्थ्य समस्याबाट ग्रसित भै भारतको बैंगलाेरस्थित माता अस्पतालमा उपचाररत हुनुहुन्छ ।

अत्यन्तै निम्न आर्थिक अवस्थाका बाबजुद पनि बिगत लामो समयदेखि पारिवारिक जायजेथा बेचेर उपचार गराइरहनुभएका बिरामीका परिवारजनले पूर्ण उपचार गराउन लाग्ने खर्च बेहोर्न असमर्थ रहेकाले इच्छुक सहयोगी, शुभेच्छुक सबै महानुभावमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं ।
बिरामी रणबहादुर कुँवरका आफ्नै भाइ अर्जुनदेव कुँवरलाई 9848972411 मा सम्पर्क गरी वा साेझै राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर 4050100129284010 मा सहयोग गरिदिनहुन अनुरोध छ ।
यहाँहरुकाे सानो सहयोगले उहाँको जीवन रक्षा हुनसक्छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!