बैतडीमा बिपी बास बसेकाे घरमा गृहमन्त्री लेखक

बैतडी: गृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला बास बसेको घरमा पुगेर केहीबेर बिश्राम गर्नुभएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका ४ गढीमा रहेकाे उक्त घरमा बिश्रामका क्रममा गृहमन्त्री लेखकले पहिलो जननिर्वाचित सांसद किशनलाल लेखक, दुर्गादत्त जाेशी, पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी र बिपी कोइराला बसेको घर सबै कांग्रेसजन र राजनीति गर्नेहरूका लागि पवित्र तीर्थका रुपमा रहेको प्रतिक्रिया दिनुभएकाे छ ।

नेपालकाे पहिलो आमनिर्वाचन २०१५ सालमा बैतडी काँग्रेसका उम्मेदवार किशनलाल लेखकको चुनावी प्रचारप्रसारमा यहाँ पुगेका बखत कोइराला यही घरमा बस्नुभएकाे थियाे ।

भारी मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी उद्धवदेव भट्टलाई पराजित गरेका लेखककाे सदरमुकाम गडीस्थित यो घर तत्कालीन कांग्रेस नेताहरुकाे आश्रयस्थल बन्ने गर्दथ्याे ।

उक्त निर्वाचनमा डडेल्धुराबाट द्वारिकादेवी ठकुरानी, बैतडीबाट दुर्गादत्त जाेशी र किशनलाल लेखक विजयी हुनुभएको थियो ।

२०१७ सालमा राजा महेन्द्रले बिपी कोइराला नेतृत्वको सरकार अपदस्थ गरी पन्चायती ब्यवस्था सुरु गरेपछि भने किशनलाल लेखक, ललित चन्द, उद्धवदेव भट्ट लगायतले राजाको समर्थन गर्नुभएकाे थियाे ।

बैतडी गृहमन्त्री लेखककाे जन्मघर समेत हाे।

तीन दिने बैतडी भ्रमण सकेर उहाँ आज कञ्चनपुर फर्किनुभएकाे छ।

यहाँ रहँदा उहाँले कार्यकर्तासंग भेटघाट,त्रिपुरा सुन्दरी, जगन्नाथ र निङ्ग्लाशैनी मन्दिरको दर्शन गर्नुका साथै विभिन्न कार्यक्रममा सहभागी हुनुभयाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!