गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण

बैतडी: गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयमा निरीक्षण गर्नुभएको छ।
लेखकले शनिबार बिहान जिप्रकाकाे अनुगमन तथा निरीक्षण गर्नुभएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।

निरीक्षणका क्रममा लेखकले जिप्रकालगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्तिसुरक्षाका अवस्थामा पनि जानकारी लिनुभएकाे छ।

गृहमन्त्री लेखकलाई भवन अभाव लगायतका विषयमा जानकारी गराइएको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताउनुभयाे।
उहाँले भन्नुभयाे,” जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र व्यारेक भवन निर्माणका लागि आवश्यक बजेट पहलका लागि आग्रह गरेका छाैं। जवाफमा गृहमन्त्रीज्यूले आफ्नाे कार्यकालमा भवन निर्माणकाे लागि बजेटकाे व्यवस्था गर्ने बताउनुभएको छ।”

साथै गृहमन्त्री लेखकले जिल्लाका समग्र शान्तिसुरक्षाका बारेमा पनि जानकारी लिनुभयाे।
यसैबीच गृहमन्त्री लेखकले आजै बिहान यहाँको जगन्नाथ मन्दिरमा दर्शन गर्नुभएको छ।
गृहमन्त्री लेखककाे आजै बैतडीबाट फिर्ता हुने कार्यक्रम रहेकाे छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!