गृहमन्त्री लेखकद्वारा बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी

बैतडी:गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिनुभएकाे छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर यहाँको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएकाे हाे।

गृहमन्त्री लेखकलाई जिल्लाकाे समग्र शान्तिसुरक्षा र विपद व्यवस्थापनकाबारेमा जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेलले जानकारी दिनुभयाे।

उहाँले भन्नुभयो,”गृहमन्त्रीज्यूलाई जिल्लाकाे समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा ब्रिफिङ गरेका छाैं। उहाँले विपद् पूर्वतयारी तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ।”

गृहमन्त्री लेखक तीनदिने भ्रमणका लागि बुधबार बैतडी आउनुभएको हाे।

लेखकको बैतडी जन्मघर समेत हाे।

यहाँ रहँदा पारिवारिक , राजनीतिक भेटघाटका साथै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा पाठपूजा गर्ने कार्यक्रम रहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!