बैतडी: द्वारिकादेवी ठकुरानी यू- १९ महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ।
आज सम्पन्न लिग चरणको अन्तिम खेलमा बैतडीले डाेटीलाई ३ रनले हराएर अन्तिम चारमा सुरक्षित भएसंगै सेमिफाइनल समीकरण पूरा भएकाे हाे।
वर्षाले खेल प्रभावित हुँदा ५/५ ओभरको खेलाइएको थियाे।
बैतडीले दिएको ४३ रनकाे लक्ष्य पछ्याएकाे डाेटीले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा ३९ रन मात्रै बनाउन सक्याे।
जसमा अन्जली कठायतले अविजित २० रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् ।
डाेटीका अन्य दुई ब्याटर रनआउट भए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेकाे बैतडीले ५ ओभरमा २ विकेटको क्षतिमा ४२ रन बनायाे।
बैतडीका लागि ममता बाेहराले १२ र रबिना बाेहराले नटआउट ११ रन हिर्काइन्।
ममता प्लेयर अफ द म्याच समेत चुनिइन्।
डाेटीकी पवित्रा बडेलाले १ विकेट झारिन्।
बैतडी समूह बी काे उपविजेताकाे रूपमा सेमिफाइनल पुगेकाे छ। साेही समूहकाे विजेताकाे रूपमा डडेल्धुरा पनि अन्तिम चारमा स्थान पक्का गरेको छ।
समूह ए बाट कञ्चनपुर विजेता र कैलाली उपविजेता भएर सेमिफाइनलमा पुगिसकेका छन्।
सेमिफाइनल खेलहरू भाेलि हुनेछन् ।
पहिलाे सेमिफाइनलमा बैतडी र कञ्चनपुर भिड्दा दाेस्राेमा डडेल्धुरा र कैलाली प्रतिस्पर्धा गर्नेछन् ।
सुदूरपश्चिम खेलकुद परिषद्काे आयाेजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको प्राविधिक सहयोगमा असार १२ गतेदेखि सञ्चालन भएको प्रतियोगिता यहाँका आठ जिल्लाकाे टाेलीकाे सहभागीता रहेकाे थियाे।
प्रतियोगिताकाे प्रथम पुरस्कार २ लाख, द्वितीयलाई १ लाख पुरस्कार दिइनेछ।

