बैतडी: चाैलानी नदीमा बैतडीका एक युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमारका २६ वर्षीय महेश राना रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
रानाले आज बिहान ६ बजेतिर घर नजिकै रहेकाे चौलानी नदीमा हाम फालेकाे पारिवारिक स्राेतले जनाएको छ।
बेपत्ता रानाकाे खाेजीका लागि चौलानी नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।
रानाले किन चौलानीमा हाम फाले भनेर खुल्न सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
