दशरथचन्दमा सुरक्षित आप्रवासन कार्यक्रम

बैतडी:
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) जिल्लाको दशरथचन्द नगरपालिकामा संचालनमा रहेको छ । सामी कार्यक्रमले वैदेशिक रोजगारमा जाने, गएका र उनीहरुका आफन्तहरु संग सूचना, न्याय, सीप, वित्तिय साक्षरता र मनोसमाजिक परमार्श क्षेत्रमा काम गरिरहेको छ ।

नगरपालिकाले एक जनालाई जिल्ला प्रशासन कार्यालयमा यो सम्बन्धी जानकारी दिनका लागि राखेको छ । नगरपालिकाले श्रम स्वीकृती र पूनः श्रमस्वीकृती पनि दिरहेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाको यो कार्यक्रमबाट २ जनाले श्रमस्वीकृती ४९ जनाले पूनश्रम स्वीकृती लिएको नगरपालिकाका रोजगार शाखा प्रमुख नन्दराज जोशीले बताउनु भयो ।

नेपालमा सन २०११ देखी लागु भएको सामी कार्यक्रम प्रभावकारी वन्दै अहिले स्थानीयतहरु सबैले लागु गर्न खोजिरहेका सामी कार्यक्रम अधिकृत विष्णु आर्यालले बताउनु भयो । जिल्लामा कृयाशिल पत्रकारहरु संगको कार्यक्रममा वोल्दै अधिकृत आर्यालले एक वर्षको अवधीमा भएका गतिविधीको समिक्षा र सुरक्षित अप्रवासन कार्यक्रम सम्बन्धि जानकारी गराएका थिए ।
नगरपालिका प्रमुख पुष्करराज जोशी (लाख्खाभाइ)ले वैदेशिक राेजगारीमा जानेहरूकाे सहजताका लागि सामी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!