एसईईमा सनातन धर्म श्रीकाेटकाे उत्कृष्ट नतिजा,५ जना ए प्लसमा पास

बैतडी: माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बैतडीकाे दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेटमा रहेकाे सनातन धर्म मावि खाेचलेककाे उत्कृष्ट नतिजा आएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार श्रीकाेटबाट परीक्षा दिएका ४१ जनामध्ये ३६ जना उत्तीर्ण भएका छन्।
जसमध्ये ५ जनाले ३.६ जीपिए भन्दा बढी ल्याएका छन्।
(1) GPA 3.6-4.0=5 जना। (2)GPA 3.2-3.6=5 जना। (3)GPA 2.8-3.2=20 जना। (4)GPA 2.4-2.8=6 जना। (5)NG 5 जना।
दाेगडाकेदारकाे नमूनाउन्मुख विद्यालयका रूपमा रहेकाे सनातन धर्म मावि श्रीकाेटले शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न गतिविधि गर्दै आएको छ।
सनाता धर्म माविकाे नेतृत्व प्रधानाध्यापक बलदेव नाथले सम्हालेपछि यस विद्यालयकाे चाैतर्फी विकासका कामहरू भइरहेकाे छ।
शैक्षिक गुणस्तर अभिवृद्धिका साथै विद्यालयले अतिरिक्त क्रियाकलाप समेत गर्दै आएकाे छ।

गाउँपालिकाले भने उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई पुरस्कार दिने विषयमा भने अहिलेसम्म निर्णय गरेकाे छैन।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!