झाेकालीमा छाला प्रशाेधन केन्द्र स्थापना

बैतडी: बैतडीकाे दशरथचन्द नगरपालिका १ झाेकालीमा छाला प्रशाेधन केन्द्र स्थापना स्थापना गरिएको छ।

स्थानीय युवाहहरुलाई  छाला प्रशाेधनसम्बन्धि सीप विकास तालिम दिएर यहाँ केन्द्र स्थापना गरिएको हाे ।

दशरथचन्द नगरपालिकाकाे पहल तथा  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायकाे आर्थिक सहयाेगमा वडा नं १ काे झाेकालीका युवाहरुलाई तालिम दिएर केन्द्र स्थापना भएकाे जनाएको छ।

छाला प्रसाेधन सम्बन्धि  ५२ दिने तालिममा १५ जना युवाकाे सहभागिता रहेकाे थियाे । युवाहरुले तालिममा छाला प्रसाेधन गरेर जुत्ता बनाउन सिकेका छन्।

  तालिम पाउँदा युवाहरु पनि  खुसी  भएका छन् । तालिम मार्फत  आफुले जुत्ता  बनाउने  सीप सिकेकाे झाेकालीका युवा हरिश भुलले बताउनुभयाे ।

परम्परागत रुपमा सञ्चालन गर्दै आएकाे झाेकालीका नागरिकहरुकाे  पेसालाई आधुनिकता दिनका लागि छाला प्रसाेधन सम्बन्धि  तालिम दिइएकाे नगर प्रमुख पुष्कर राज जाेशी लख्खाभाईले बताउनुभयाे। उहाँले भन्नुभयाे,”युवाहरुलाई सीप सिकाएर स्वदेशमै गरिखाने वातावरण सिर्जना गर्न तालिमकाे सञ्चालन गरेका हाैं।”

अहिले झाेकालीमा सीप विकासका लागि तालिम केन्द्र  स्थापना गरिएकाे छ भने कच्चापदार्थ निर्माणका लागि नजिकैकाे मैडीगाड खाेलामा खाड र ट्रस निर्माण गरिएकाे छ ।

साे ठाउँमा छाला भिजाएर कच्चापदार्थ निर्माण गर्न खाड निर्माण गरिएकाे दशरथचन्द  नगरपालिकाका  राेजगार शाखा संयाेजक नन्द राज जाेशीले बताउनुभयाे ।

नगर प्रमुख लख्खाभाइले चुनावका बेला  झाेकाली बस्तिका विपन्न समुदायका युवाहरुलाई सीपसिकाएर आत्मनिर्भर बनाउन पहल  गर्ने बाचा बाेलेका थिए ।

अहिले साे वाचा पूरा गरेपछि झाेकाली बस्तीका नागरिक हर्षित भएका छन् । नगरपालिकाले  दलितलक्षित कार्यक्रम सञ्चालन गरी लोप हुन लागेको परम्परागत पेसालाई संरक्षण गर्ने र त्यसलाई आयआर्जनको बाटोमा पुर्‍याउने लक्ष्य लिएको  नगर प्रमुख लख्खाभाईले बताउनुभयाे ।

उद्योग मन्त्रालय र  हाम्राे पहलमा झाेकालीमा  जुत्ता बनाउनका लागि  छाला प्रसाेधन सम्बन्धि  सीप विकास तालिम दिइएकाे र  केही दिनमै व्यवसायलाई अगाडि  बढाउन अन्य उपकरण प्रदान गरिने प्रमुख जाेशीले बताउनुभयो ।

यसबाट युवाहरु आत्मनिर्भर बन्ने  नगरपालिकाले  अपेक्षा गरेकाे छ । तालिम केन्द्रकाे उद्घाटन,तालिममा सहभागिलाई प्रमाण पत्र र बनेका संरचनाहरुकाे निरीक्षण तथा अनुगमन गरिएकाे नगरपालिकाका राेजगार सहायक दिनेश राज भट्टले बताउनुभयाे।

कार्यक्रममा नगर प्रमुख लख्खाभाई, प्रमुख प्रशासकीय अधिकृत नविनचन्द्र पाण्डेय, नगर प्रवक्ता अजव बहादुर पाण्डे,  वडा नं १ का कार्यबाहक वडा अध्यक्ष  करन सिंह भाट, वडा नं२ का अध्यक्ष सुर्यबहादुर बाेहरा,वडा नं ४का अध्यक्ष भानदेव भट्ट लगायतका अन्य जनप्रतिनिधि  र कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!