दाेगडाकेदार: माओवादीकाे जनसांस्कृतिक महासंघमा गाेयला,सञ्चारमा विष्ट

बैतडी: नेकपा माओवादी केन्द्रकाे दाेगडाकेदार गाउँपालिका कमिटीकाे पाँचौ बिस्तारित बैठक आज सम्पन्न भएको छ।

पार्टी कार्यालय सिल्लेगडामा बसेकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएकाे वाईसीएलका पालिका उपसंयाेजक गणेशसिंह विष्टले जानकारी दिनुभयो ।

बैठकले जनसांस्कृतिक महासंघकाे गाउँपालिका कमिटी संयाेजकमा गजबहादुर गाेयलालाई चयन गरेकाे छ।

यस्तै गाउँपालिका कमिटीकाे सञ्चार विभाग प्रमुखमा गणेशसिंह विष्टलाई ताेकेकाे छ।

यसका साथै बैठकले पार्टीको सदस्यता नवीकरणकाे कार्य असार मसान्तसम्म सक्ने समेत निर्णय गरेकाे छ।

संगठनलाई मजबुत बनाएर मिसन ८४ काे तयारीमा लाग्न समेत बैठकले निर्णय गरेकाे छ।

माओवादी केन्द्रका गाउँपालिका कमिटीका अध्यक्ष चन्द्रदेव जाेशीकाे अध्यक्षतामा बसेकाे बैठकमा कमिटीका पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे।

बैठकमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि राखिएका थिए।

साथै सिल्लेगडामै माओवादी केन्द्रकाे गाउँपालिकास्तरिय नयाँ पार्टी कार्यालय स्थापना गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!