बैतडी: जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत एकजना प्रहरी जवानको ढुंगा लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्चुला घर भएका प्रहरी जवान दिपेन्द्र पाल रहेका बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
कामकाे सिलसिलामा दार्चुला पुग्नुभएका पालकाे
निसिल भन्ने स्थानमा बाटोमा हिँडीरहेका बेला माथिबाट खसेको ढुंगा पालको टाउकोमा लागेको थियो ।
पाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुर्याएको भएपनि उपचारका क्रममा निधन भएको जनाएको छ ।
