नेपाल टस जितेर बलिङमा,किरन ठगुन्ना ईन(प्लेइङ ११ सहित)

काठमाडौं: स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज टी–२० आई सिरिजमा नेदरल्यान्ड्सलाई चुनौती प्रस्तुत गर्दैछ।

टिटवूडमा हुने खेलमा नेपालले टस जितेर बलिङ राेजेकाे छ।
टी–२० आई मा नेपाल आज ऐतिहासिक सयाैं खेल खेल्दैछ।

यस सिरिजअघि भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ का दुवै खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

नेपाल सोही लय दोहोर्‍याउने लक्ष्यमा हुनेछ। नेपाल र नेदरल्यान्ड्स टी–२० आईमा अहिलेसम्म १३ पल्ट आमुन्नेसामुन्ने भएका छन्।

तीमध्ये ५ खेल मात्रै नेपालले जित हासिल गर्न सकेको छ। ७ खेल नेदरल्यान्ड्सले जित्दा एक खेल भने नतिजाविहीन भएको छ। नेपाल र नेदरल्यान्ड्स अन्तिपल्ट आइसिसी टी–२० विश्वकपमा भिडेका थिए। अमेरिकाको डल्लासमा भएको उक्त खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

विश्वकपमा नेपाल जितविहीन रह्यो। नेदरल्यान्ड्सले भने यही एक जित निकालेको थियो।  

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!