पुर्चौडी: कार्यपालिका सदस्यको निधन,आज शाेक बिदा

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाका कार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ ।

लामो समयदेखि दुबै  मृगौलाको  बिरामी रहेका लुहारको सेती अस्पतालमा उपचारको क्रममा ५५ वर्षको उमेरमा मृत्यु  भएको पुर्चौडी भएकाे नगरप्रमुख दिपकबहादुर बमले बताउनुभयो ।

पुर्चौडी वडा नं. ३ न्वादेउ घर भएका लुहारको खुट्टामा समेत समस्या रहेको थियो ।
खुट्टाको  समस्याका कारण लठ्ठीको सहाराले हिडडुल गर्ने गरिरहनुभएकाे थियाे ।

उहाँ २०७९ को निर्वाचन पछि नेपाली काङ्ग्रेसबाट कार्यपालिका सदस्यमा मनोनीत हुनुहुन्थ्याे ।

यसैबीच कार्यपालिका सदस्य लुहारकाे निधनपछि नगरपालिकामा शुक्रबार आज शाेक बिदा दिएकाे छ।

आज पुर्चाैडी नगरपालिका अन्तरगतका सबै कार्यालयमा बिदा रहने प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जाेशीले जानकारी दिनुभयाे।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!