बैतडी: सुर्खेतमा जारी यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दाेस्राे जित निकालेको छ।
दाेस्राे जित निकाल्ने क्रममा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ७ विकेटले हरायाे।
जितका लागि पाएकाे १४३ रनकाे लक्ष्य सुदूरपश्चिमले २१.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायाे।
सुदूरपश्चिमकाे जितमा विक्रम वाेहरा चम्किए।
उनले अर्धशतकीय पारी खेल्दै ५७ रनकाे याेगदान गरे ।
विक्रम प्लेयर अफ द म्याच समेत चुनिए ।
यस्तै भास्कार जाेशीले अविजित ४६ रन जाेडे ।
यसअघि पहिला ब्याटिङ गण्डकी ४७.१ ओभरमा १४२ रनमा अलआउट भयाे।
उसका करन गैरेले सर्वाधिक २७ रन हिर्काए।
बलिङतर्फ सुदूरपश्चिमका सुशील रावलले ३ र राहुल साउँद र हिमाल दाैल्यालले २/२ विकेट झारे।
