विश्वकप क्रिकेट लिग २: नेपालकाे अर्को शानदार जित

काठमाडौं:विश्वकप क्रिकेट लिग २ अन्तर्गत शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ।
स्कटल्यान्डमा भएको खेलमा डच टोलीले टस जितेर सुरुमा फील्डिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्ता दिएको थियो।
निर्धारित ५० ओभरमा नेपालले ९ विकेट गुमाएर २३६ रन बनाएको थियो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए भने सन्दिप लामिछानेले ३ विकेट लिएका थिए।
यसअघि पनि नेपालले यो शृङ्खलामा नेदरल्यान्ड्सलाई हराएको थियो।
नेपालले लीग २ अन्तर्गत शृङ्खलामा खेलेका ४ खेलमध्ये ३ मा जित हात पारेको छ भने १ खेल हारेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!