बैतडी: बैतडीमा जिप दुर्घटना भएकाे छ। अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुप प्र ०१००१ च ३४७५ महेन्दा बाेलेराे पिकअप जिप पुर्चाैडी ६ मुडेलीधार भिडेखाेलास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेकाे हाे।
दुर्घटनाग्रस्त जिपमा चालक बझाङ बित्थड २ का हरिस बहादुर खड्का मात्रै रहेका र उनले हाम फालेर ज्यान जाेगाएका छन्।
किराना सामान बाेकी गइरहेकाे अवस्थामा उकालाेमा चढ्न नसकेर ब्याक हुदा जिप ५०० मिटर तल खसेकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयो ।
जिप चालक फरार रहेका र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
