लागूऔषध चरेससहित दुईजना पक्राउ

बैतडी:लागूऔषध चरेससहित बैतडीमा दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाकाे दशरथचन्द नगरपालिका ४ का ३७ वर्षीय सुधिर पाैडेल र पाटन नगरपालिका ६ का २४ वर्षीय किशाेर चन्द रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिनुभयाे।

इलाका प्रहरी कार्यालय पाटनकाे प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टाेलीले उनीहरू दुबैजनालाई राति ११ बजे पाटन नगरपालिका ६ सेल्फीडाँडास्थित दशरथचन्द राजमार्गबाट पक्राउ गरिएको हाे ।

प्रहरी निरीक्षक साउँद नेतृत्वको टाेलीले गस्तीको क्रममा शंका लागेर चेकजाँच गर्दा पाैडेलकाे साथबाट ९.४६ र चन्दकाे साथबाट ७.८३ गरेर १७.२९ ग्राम चरेस बरामद गरेकाे हाे ।

पक्राउ परेका दुबैजनामााथि जिल्ला अदालतबाट ७ दिनकाे म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!